फस्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड हुँदै

appharu
0
Shares

काठमाण्डौं । नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ झापाको विर्तामोडमा अवार्ड आयोजना हुने भएको छ ।

प्रदेश नम्बर १ स्तरिय अवार्डको नाम ‘फस्ट प्रोभिन्स १ सिनेमा डिकेट अवार्ड २०७६’ आयोजना गर्न लागिएको हो ।

अवार्ड कार्यक्रममा प्रदेश नम्बर १ बाट चलचित्र क्षेत्रमा योगदान पुर्याएका ३ जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।

विभिन्न ४५ विधामा पपुलर अवार्ड समेत वितरण गरिने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराईएको हो ।

अवार्डका संयोज मनोज केसीका अनुसार, प्रदेश नम्बर १ मा जन्म लिएर देशका जुनसुकै भागमा रहेर कलाकारिता गरेका कलाकारलाई सम्मान गरिनेछ ।

केसीका अनुसार, चलचित्र क्षेत्रमा १० बर्ष निरन्तर काम गरेका व्यक्तिलाई मात्र अवार्ड कार्यक्रममा सहभागीता गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?