धितोपत्र बजार: नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

appharu
0
Shares
तस्वीर: गुगल

धितोपत्र बजारमा केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २ दशमलव ७५ अङ्कले बढेर एक हजार २४८ दशमलव ४८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ८६ अङ्कले बढेर २६९ दशमलव ९६ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । आज कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक १ दशमलव ३२, जलविद्युत् २० दशमलव ९५ अङ्कले ओरालो लाग्दा सामूहिक लगानी कोषको शेयर ० दशमलव ०३ अङ्कले घटेको छ ।

बैंकिङ २ दशमलव ९६, व्यापार ६ दशमलव ९५, होटल १९ दशमलव ४२, वित्त २ दशमलव ०५, निर्जीवन बीमा २२ दशमलव ०३, उत्पादन १० दशमलव ३९, अन्य २ दशमलव ३२, लघुवित्त २२ दशमलव ५५ र जीवन बीमा उपसमूहको शेयर २६ दशमलव ०३ अङ्कले बढेको छ । स्टकका अनुसार आज कृषि विकास बैंकको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो ।

सो बैंकको शेयर चार करोड ४५ लाख ९७ हजार २६१ मा खरिदबिक्री भयो । यस्तै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक दुई हरोड ३६ लाख ८१ हजार १४१, नेपाल बैंक लिमिटेड एक करोड ९६ लाख १५ हजार ६४७, प्रभु बैंकको एक करोड ६७ लाख २२ हजार १७४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ५४ लाख १४ हजार ६७१, स्ट्यार्डड चार्टर बैंकको एक करोड २८ लाख ६८ हजार ७४६ र शिवम् सिमेन्ट्सको शेयर एक करोड छ लाख ३३ हजार २५६ को कारोवार भयो ।

परिसूचक बढेपनि सान्जेन जलविद्युत् कम्पनीका शेयरधनीले ९ दशमलव ९६ प्रतिशतले गुमाए । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनी ९ दशमलव ८८, एनआइविएल प्रगति फण्ड ३ दशमलव ८२, अपी पावर कम्पनी ३ दशमलव ६७, नविल इक्विटी फण्ड २ दशमलव ८७ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले २ दशमलव २३ प्रतिशतले गुमाए ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेृयरधनीले १० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९ दशमलव ८८, स्पर्श लघुवित्त वित्तीय संस्था ८ दशमलव १५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ७ दशमलव ४८, साल्ट टेडिङ कर्पोरेशन ६ दशमलव ९० र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६ दशमलव ७१ प्रतिशतले कमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?