ज्योति विकास बैंकले १० प्रतिशत बोनस दिने

काठमाडौं, १७ पुस । ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । ज्योतिको १० प्रतिशत बोनस तथा ग्रीनको चार सय प्रतिशत हकप्रदपछि मूल्य सोमबार समायोजन भएको हो नेपाल स्टक एक्सचेञ्जले ज्योति विकास बैंकको १० प्रतिशत बोनसपछि समायोजित सेयरमूल्य १६२ रुपैयाँ निर्धारण गरेको छ । बैंकको १८० दिनको सेयर कारोबार मूल्यको आधारमा औसत आधारमूल्य १९७ रुपैयाँ कायम भएको छ ज्योति विकासको साधारण सभा पुस ३० गते, १० प्रतिशत बोनस दिने भएको छ त्यसैगरि ग्रीन डेभलपमेन्ट बैंकको ४०० प्रतिशत हकप्रदपछि १९३ रुपैयाँ मूल्य कायम भएको छ । बैंकको १८० दिनको सेयर कारोबार मूल्यको आधारमा औसत आधारमूल्य भने १४७ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ दुबै विकास बैंकको समायोजित मूल्यलाई आधार मानेर सेयर कारोबार खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?