मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

appharu
0
Shares

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका-२ पिप्लेमा आज दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने २१ वर्षीय सञ्जय कँडेल रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४० प १५८३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना ३४ प ७१६८ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा घाइते ना ४० प १५८३ नंको मोटरसाइकल चालक कँडेलको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ का ४८ वर्षीय शिवनारायण चौधरी घाइते हुनुभएको छ । चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अवस्था खतरामुक्त रहेको र दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?