ह्वाट्सएप र इन्स्टाग्रामको नाम चेन्ज हुने, के राखिदैँछ ?

appharu
0
Shares

फेसबुक कम्पनीका दुई लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र ह्वाट्सएपको नाम परिवर्तन गराइने भएको छ । यसमा दुवैलाई फेसबुकसँग जोड्दै इन्स्टाग्रामको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ र ह्वाट्सएपको नाम ‘ह्वाट्सएपफ्रम फेसबुक’ राखिने बताइएको छ ।

कम्पनीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई एउटै ब्रान्डका रुपमा जोड्नका निम्ति यस्तो निर्णय लिएको इन्डिपेन्डेन्टले बताएको छ । ह्वाट्स एप र इन्स्टाग्राम दुवै फेसबुक कम्पनीकै भए पनि तिनलाई छुट्टै एपका रुपमा सञ्चालन गरिँदै आएको थियो ।

फेसबुककै हिस्सा भएको स्पष्ट पार्नका लागि कम्पनीले यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?