आज पनि बढ्यो सुनको मूल्य : ६९ हजार ५ सय रूपैयाँ तोला !

appharu
0
Shares
तस्बिर: गुगल

काठमाडौः आज पनि सुनको मूल्य बढेको छ । बुधबार एकै दिन तोलामा १५ सय रुपैयाँ बढेर सुनले नयाँ किर्तिमानी कायम गरेको हो । हिजो ६८ हजार रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज बढेर ६९ हजार ५ सय रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिन आइतबार ६६ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको सुन त्यस यता तीन दिनमा तोलामा ३२ सय रुपैयाँले वृद्धि भएको हो। बुधबार छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको प्रभाव नेपालमा पनि परेको छ। अर्कातिर अमेरिका र चीनबीचको व्यापार यु द्धका कारण सुनको भाउ निरन्तर उकालो लागेको व्यवसायीहरुको भनाई छ । सुन आकासिएपछि बजारमा बेच्नेको घुईचो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?