१० जेष्ठ २०७९, मंगलवार

बाक्लो हुस्सुसँगैको शीतलहरका कारणे जनजीवन प्रभावित

२०७४,पुष,१७,सोमवार ०९:०८

0
Shares

धनगढी, १७ पुस । बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पु¥याएको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ शीतलहरका कारण आलु, गोलभेँडालगायतको तरकारी बालीमा डढुवा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् शीतलहरका कारण आलु बालीको डाँठ र पातमा डढुवाको प्रकोप देखिँदा समस्या भएको स्थानीयवासी किसान मानबहादुर चौधरीले बताए “ठूलो लगानी गरेर खेतमा आलु खेती ग¥यौँ, अहिले आएर डढुवाको प्रकोपले बोट कुहिन थालेको छ, चौधरीले भन्नुभयो, “वर्षेनी मंसिर, पुसमा हुने शीतलहरले आलुलगायतका बालीमा डढुवा प्रकोपको समस्या देखिँदा व्यावसायिक तरकारी खेतीमा लागेकाको मनोबल घटेको छ ।”जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशी डढुवा रोगबाट आलु गोलभेँडालगायतका बालीलाई जोगाउन हप्तामा एकपटक ढुसीनाशक विषादी पाउडर पानीमा मिसाएर छर्किनु पर्ने सुझाव दिए जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप स्वास्थ्य संस्थामा बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् बाक्लो हुस्सु लाग्ने गरेका कारण दैनिक हवाई सेवाको सुविधा भएको ७ नं प्रदेशको एकमात्र धनगढी विमानस्थलको हवाई उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,१७,सोमवार ०९:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । हर प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान

बारा । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ । नेकपा एमाले निकट

जुम्ला । जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको

सप्तरी । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३