शक्तिशाली भूकम्प महसुस

appharu
0
Shares

एजेन्सी । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकी सर्वेक्षण संस्था ९युएसजिएस० का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो ।

यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९ दशमलव ८ किलोमिटर गहिराईमा रहेको थियो ।

यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक संपत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन् ।

भानुआटुमा भूकम्प र ज्वालामूखि जस्ता पाकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?