नयाँ वर्ष मनाउन बोलाएर युवतीमाथि होटलमै बलात्कार

नेपालगञ्ज, १७ पुस । बाँकेको नेपालगञ्जमा नयाँ वर्ष मनाउन बोलाएर एक युवतीमाथि होटलमा नै बताल्कार भएको घटना बाहिर आएको छ नयाँ वर्ष मनाउन साथीसँगै होटलमा गएकी युवती होटल सिग्नेटमा बलात्कारको सिकार भएकी हुन् । सो घटनामा सीता एयर नेपालगञ्जका स्टेशन म्यानेजर मनोज गिरी समेत मुछिएका छन् सुर्खेत घर भएका गिरी होटल सिग्नेटमा बस्दै आएका थिए । सोही होटलमा उनले आइतबार न्यू इयर इभ मनाउन सुर्खेतका ४३ वर्षीय निरज गुरुङ र केही साथीहरुलाई बोलाएका थिए होटल प्रशासनले मनोज ३२१ नम्बर कोठामा बसेको र गुरुङ ३०५ नम्बरमा बसेको जनाएको छ । मदिरा सेवन गरेर लठ्ठिएका गुरुङले मध्यरातमा युवतीमाथि बलात्कार गरेका थिए मनोजले नै बोलाएर गएकी पीडित युवतीमाथि बलात्कार भएपछि मनोजपनि मुछिएका हुन् मनोज आफ्नो कोठामा प्रवेश गरेर मादिराको बोटल देखाएर धम्क्याएको र बलात्कार गरेको पीडितको बयान छ । उनले बाथरुममा लुकेर प्रहरीलाई फोन गरेपछि उनको उद्दार गरेको बाँके प्रहरीले जनाएको छ प्रहरीले बलात्कारका आरोपी दुवै जना र होटलका सिफ्ट म्यानेजर कपिल रञ्जुलाई समेत हिरासतमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?