हरि कटुवालको ‘रेडलाइट’

appharu
0
Shares

काठमाडौं । ‘अधुरो सपना’का लेखक उपन्यासकार हरि कटुवालको दोस्रो उपन्यास ‘रेडलाइट’ बजारमा आएको छ।

‘अधुरो सपना’बाट नेपाली साहित्यमा प्रवेश गरेका कटुवालले ‘रेडलाईट’मा समाजिक यथार्थलाई उजागर गरेको बताईएको छ ।
कटुवालका अनुसार उपन्यासमा वेश्यावृत्ति र महिला हिंसाका घटनाका साथै सामाजिक कुरीतिका विषय समेटिएका छन् ।

राइटर्स पब्लिकेसनले प्रकाशन गरेको ‘रेडलाइट’मा कथाको परम्परागत शैलीभन्दा विषयवस्तुको प्रभावलाई बढी महत्व दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?