हारबाट जोगिएको म्यानचेष्टर सिटीको जितको यात्रामा पूर्णविराम

काठमाडौं, १७ पुस । इङलिस प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको कीर्तिमानी जितको यात्रामा पूर्णविराम लागेको छ आइतबारराति भएको खेलमा सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै उसको १८ खेल लामो जितको यात्रा टुंगिएको छ खेलको अतिरिक्त समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल पारिदिएपछि सिटी हारबाट भने जोगियो जारी लिगको एकमात्र अपराजित टोली सिटीले २१ खेलमध्ये २ वटामा बराबरी गरेको छ भने १९ खेलमा जित निकालेको छ प्रिमियर लिग फुटबलमा गएराति आनर्सनललाई वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा रोकेको छ । प्रिमियर लिगमा २१ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ४५ अंकसहित चेल्सी दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?