निगमको घाटा ५ अर्ब २१ करोड बढी

appharu
0
Shares
तस्बिर: गुगल

काठमाण्डौं । सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम (नेवानी)ले आर्थिक वर्ष ०७४/७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष २०७३/०७४ मा भने निममले २४ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ ।

निगमले २०७५/०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड रुपैयाँ नाघ्ने जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?