गाउँपालिका प्रमुखविरुद्व गाउँले आन्दोलित !

गोरखा, १७ पुस । गोरखा जिल्लाको भिमसेन गाउँपालिका लगायत देश भरका ४८ स्थानीय निकायको केन्द्र र नाम परिवर्तन मन्त्रिपरिषद् बैठकबाट गर्ने अन्तिम तयारी गरेसंगै यहाँका स्थानीय जनताहरु आन्दोलित भएका छन् आइतबार साँझ भिमसेन गाउँपालिकाका सम्पूर्ण वडाहरुमा विरोधस्वरुप मशाल जुलुस निकािलएको छ । भिमसेन गाउँपालिकाको केन्द्र भौगालिक दुरी र स्रोत साधनका हिसावले उपयुक्त साथै जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको सहमतीमा विज्ञ टोलीको सुझाव अनुसार तोकिएको र हालसम्म गाउँपालिकाको सम्पूर्ण कामकारर्वाही संचालन भइरहेको केन्द्र बगुवा नै कायम गरिनुपर्ने माग छ संघिय र प्रादेशिक निर्वाचनको आचारसंहिता लागु भइसकेपछि मिति २०७४ कार्तिक १९ गते बोलाइएको गाउँसभाको प्रथम बैठकबाट भिमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेसाल परिवर्तन गर्ने निर्णय गराउन खोज्दा झडपभएपछि वैठक अवरुद्ध भएको थियो । उक्त झडपमा ३ जना स्थानीय यूवाहरु घाइते समेत भएका थिए बैठकबाट आधिकारीक रुपमा केन्द्र सार्ने निर्णय नभएको र गाउँपालिका प्रमुख इश्वर पाण्डेले किर्ते कागजात बनाई मन्त्रिपरिषदमा प्रस्ताव लगेको आरोप आन्दोलित स्थानीयहरुले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?