धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४ दशमलव ५५ अङ्कले घटेर एक हजार २५५ दशमलव ०९ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ७७ अङ्कले घटेर २७१ दशमलव ०१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भयो ।

कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ । निर्जीवन बीमा ३ दशमलव ४९ र सामूहिक लगानी कोषका शेयर ० दशमलव ११ अङ्कले बढेको छ । त्यस्तै बैंकिङ २ दशमलव ८३, होटल ३ दशमलव ८६, विकास बैंक ३ दशमलव ४४, जलविद्युत् १ दशमलव ८२, वित्त ३ दशमलव ५२, उत्पादन १६ दशमलव ०९, अन्य २ दशमलव १९, लघुवित्त २७ दशमलव ०२, जीवन बीमा २१ दशमलव ८४ अङ्कले ओरालो लागेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर दुई करोड ६९ लाख ७८ हजार ४० मा खरिदबिक्री भयो । त्यस्तै कृषि विकास बैंकको एक करोड ४३ लाख ८२ हजार २४५, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको एक करोड ७१ लाख २१ हजार १६२, छिमेकी लघुवित्त विकास बैंकको शयेर एक करोड ६९ लाख २८५ मा कारोबार भए ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ०४ प्रतिशतले कमाए । त्यस्तै रिलायन्स फाइनान्स ३ दशमलव ३३, एनएमबी हाइब्रिड फण्ड–१ २ दशमलव ३७, युनिभर्सल पावर कम्पनी २ दशमलव ३३ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १ दशमलव ९९ प्रतिशतले कमाए ।

स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९९ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलव ५६, गुराँस लघुवित्त वित्तीय संस्था ९ दशमलव ३२, मिथिला लघुवित्त वित्तीय संस्था ८ दशमलव १० र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७ दशमलव १० प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?