नङलाई कसरी बनाउने सुन्दर र आकर्षण

नङले हात र खुट्टाको सुन्दरता बढाउनुका साथै सुरक्षा पनि दिने गर्छ । हात र खुट्टा जतिसुकै सुन्दर भए पनि नङ राम्रो छैन भने यसले व्यक्तित्वमा नकारात्मक असर पार्ने गर्छ सौन्दर्यको हिसाबले खुट्टाभन्दा पनि हात अझै महत्वपूर्ण हुन्छ किनभने शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात नै हो । हात अघि सार्दा नङ देखिने गर्छ । फोहोर, दाग भएका, टुक्रेका, भाँच्चिएका नङ भएको हातले व्यक्तित्वमा नकारात्मक असर पार्छ । सुन्दर तथा सही आकारमा काटिएका, सुहाउँदो रङको पोलिस लगाइएका स्वस्थ सुन्दर नङले तपाईंको व्यक्तित्वमा निखार ल्याउने काम गर्छ प्राकृतिक रुपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले गर्दा नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखा पर्न सक्छन् । साबुन, डिटर्जेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुनसक्छ । कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर हुन्छ । भाँडा सफा गर्दा, लुगा धुँदा, सरसफाई गर्दा गरिने लापरवाहीले नङमा समस्या हुन सक्छ । त्यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, कमसल र पुरानो कस्मेटिक सामानको प्रयोग आदि कारणले नङ कमजोर तथा अस्वस्थ हुन सक्छ नङलाई सुन्दर र स्वस्थ बनाउने तरिकाहरुमा :-– कागतीको प्रयोग गरेर नङमुनि वा कुनातिर भएका दाग र फोहोरलाई सफा गर्न सकिन्छ – टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको दाग सफा हुन्छ – मोइस्चराइजर वा कन्डिसनिङयुक्त नेल पोलिस तथा रिमुभरको प्रयोग गरेको राम्रो हुन्छ – नङको प्रयोग गरेर काम गर्ने बानीलाई कम गर्नुपर्छ – सन्तुलित खाना खाने र सफा पानी पिउनु पर्छ – नङ सफा गर्दा तीखो वस्तुको प्रयोग गर्नु हुँदैन – नङको स्याहार गर्न नसकिने भएमा छोटो नङ राख्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?