छुनै नसकिने भयो सुनको मूल्य, दुई दिनमा २ हजारले बढेर नयाँ रेकर्ड कायम

appharu
0
Shares
तस्बिर: गुगल

तिज नजिकीएसँगै सुनको मूल्य फेरी बढेको छ । सोमबार १५ सयले बढेर सुनको मूल्यले बढेर नयाँ रेकर्ड बनाएको हो। आइतबार ५ सय बढेर ६६ हजार ३ सयमा कारोबार भएको प्रतितोला सुनको मूल्य सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगेको छ।

यो नेपालमा कारोबार भएको हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ६५ हजार ८ सयमा प्रतितोला सुनको कारोबार भएको थियो। पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्यमा प्रतितोला २ हजार बढेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय ९५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?