करेन्ट लागेर एकको मृत्यु

लहान, १७ पुस ।  करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ । 

आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि लहान अस्पताल लैजाने क्रममा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?