४ जेष्ठ २०७९, बुधबार

गोरखामा ‘ब्लड बैंक’ सञ्चालन तयारी

२०७४,पुष,१७,सोमवार ०६:३९

0
Shares

गोरखा, १७ पुस । रगतको अभावमा परेका बिरामीलाई सेवा दिनका लागि गोरखामा रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ सञ्चालन गर्ने तयारी गरिएको छ बेल्जियम रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले जिल्ला अस्पताल गोरखासँगको समन्वयमा अत्याधुनिक रक्तसञ्चार केन्द्र सञ्चालनको तयारी गरिएको हो करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने मेसिन ल्याइने केन्द्रीय रक्तसञ्चार केन्द्रका लेखा अधिकृत ईश्वरी पन्तले बताए साथै बेल्जियम रेडक्रसकै सहयोगमा करिब रु एक करोड लगानीमा रक्तसञ्चार केन्द्रका लागि भवन निर्माण गर्ने तयारी गरिएको पन्तले बताए रक्तसञ्चार केन्द्र स्थापनाका लागि आफ्नै भवन निर्माण नहुञ्जेलसम्म अस्थायीरुपमा जिल्ला शिक्षा कार्यालयको पुरानो भवनको भुइँतलामा राख्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति भगवानबाबु मास्केले जानकारी दिए रक्तसञ्चार केन्द्र स्थापनाका लागि आज सदरमुकाममा आयोजित छलफलमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिक्षा कार्यालयको खाली भवनमा रक्तसञ्चार केन्द्रका सामग्री राखेर त्यहीबाट सेवा आरम्भ गर्ने सहमति भएको जानकारी दिए केही वर्षअघिदेखि गोरखा अस्पताल परिसरमा सञ्चालित रक्तसञ्चार केन्द्रमा धेरै मात्रामा रगत राख्न नसकिने हुँदा यसले उपलब्ध गराउने सेवा कमजोर छ । अस्पतालका प्रमुख श्रीराम तिवारीले अत्याधुनिक सेवासहित रक्तसञ्चार केन्द्र खोल्नुपर्ने सुझाव दिनुभयो । यस्तै अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा बिरामीको उपचारमा समस्या आएको छ यस्तै सरकारले स्थानीय तहमा २५ शय्या क्षमताका अस्पताल सञ्चालन गर्ने तयारी गरेकाले सदरमुकाममा सञ्चालन गरिने रक्तसञ्चार केन्द्रले सबै स्थानीय तहका अस्पताललाई सेवा दिने सरोकारवालाको अपेक्षा छ रेडक्रसले सरकारी, गैरसरकारी कार्यालय, स्थानीय तह र उद्योग वाणिज्य संघलगायत निजी क्षेत्रका सरोकारवालासँग रक्तसञ्चार केन्द्र सञ्चालन गर्नेबारे जानकारी गराएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,१७,सोमवार ०६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दम एक गम्भीर श्वासप्रश्वास रोग हो। यो रोगका कारण कतिपय अवस्थामा सास फेर्न गाह्रो हुन्छ । यदि समयमा

काठमाडौं । आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । हामीले बाँच्ने तरिका, के

काठमाडौं । तौल बढ्नु अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । अनुसन्धानका अनुसार अधिक तौल भएका व्यक्तिहरूमा हृदय रोग,

काठमाडौं । शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ। सामान्यतया, प्रोटिन, भिटामिन सी-डीजस्ता पोषक तत्वहरूको आवश्यकतालाई बुझेर

ताजा समाचार