बिरामी नेता शेर्पा भेट्न प्रचण्ड पुगे भङ्गाल

काठमाडौं, १७ पुस । अघिल्लो साता मुटुको अप्रेशन गरेर घरमै आराम गरिरहेका माओवादी केन्द्रका नेता पासाङ शेर्पाको स्वास्थ्यस्थिति बुझ्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भंगाल पुगका छन् शेर्पालाई भेट्न अध्यक्ष प्रचण्ड सोमबार बिहान नेता शेर्पाकै निवास काठमाडौं–६, भङ्गाल पुगेका हुन् भेटमा अध्यक्षले नेता शेर्पाको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पुस ७ गते टिचिङ अस्पतालमा मुटुको शल्यक्रिया गरेका शेर्पा घरमै आराम गर्दै आएका छन् । शेर्पालाई भेट्न प्रचण्डसँगै माओवादी केन्द्रका नेता मात्रिका यादव पनि गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?