सिरहामा डाँका मुद्दामा फरार युवक पक्राउ

appharu
0
Shares

काठमाडौं । डाँका मुद्दामा फरार एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले आइतबार साँझ डाँका मुद्दामा फरार रहेको सिरहा विष्णुपुर गाउँपालिका-३ राजपुर निवासी २० वर्षीय रुपेशकुमार यादवलाई पक्राउ गरेको हो ।

डाँका मुद्दामा पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसअघि गत शनिवार पनि डाँका मुद्दामा गत २०७६ वैशाख महीनादेखि फरार सिरहा नगरपालिका १९ सन्हैठा निवासी ३० वर्षीय मनोजकुमार यादवलाई पक्राउ गरिएको थियो ।

आफ्नै घर वरिपरि लुकिछिपी बसिरहेको सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?