आँखालाई कसरी आकर्षण बनाउने ? यस्तो छ विधि

आँखा शरीरको यस्तो भाग हो, जहाँ मानिसको पहिलो ध्यान पुग्छ । हरेक युवतीलाई आफ्नो आँखालाई नाटकीय र आकर्षक बनाई सबैको ध्यान आफूतिर तान्ने रहर हुन्छ । आँखालाई आकर्षक बनाउन आई लाइनर महिलाको प्रिय सौन्दर्य सामग्री हो । आई लाइनर लगाउनुलाई प्रायः सामान्य ठानिन्छ तर, यसलाई प्रयोग गर्नचाहिँ कुशलता चाहिन्छ । यसलाई चाहेजसरी लगाउन सकिन्छ तर आकर्षक बनाउन केही ध्यान भने अवश्य दिनुपर्छ । आई लाइनर लगाउने केही उपाय यस्ता छन् :उडाउने : क्याटी आई बनाउने हो भने पहिले माथिल्लो परेलामा र पछि तल्लो परेलामा मोटो आई लाइनर लगाउने । आँखाको बाहिरी कुनाबाट यसलाई उडाइदिने। यो शैली नाटकीय लाग्नुका साथै धेरै बोल्ड र कोमल देखिन्छ फैलाउने : लाइनर लगाएपछि यसलाई फैलाउनु अहिलेको फेसन शैली बनेको छ। दुवै परेलामा सधैंजसरी लाइनर लगाउने र यसलाई हल्कासँग फैलाउने। विशेष रूपमा माथिल्लो परेलाको किनारा र तल्लो परेलामा धेरै प्राकृतिक या नाटकीय देखाउन गहिरो रङको आइस्याडो प्रयोग गर्नुपर्छ । यसलाई फैलिएको लाइनरसँग मिलाउनुपर्छ ३६० डिग्रीमा घुमाउने : यो आइलाइनर लगाउने सबैभन्दा सजिलो तरिका हो। आँखाको चारैतिर समान रूपले लगाउनुपर्छ । क्याजुअल मेकअप र रातिको पार्टीका लागि यो तरिका उपयुक्त मानिन्छ विपरीत मेल : अहिले विपरीत रङ मिलाएर कन्ट्रास्ट आइलाइनर फेसनमा छ । हल्का रङको स्याडो परेलादेखि आँखीभौंको हड्डीसम्म लगाउनुपर्छ । यसपछि जसरी लाइनर लगाउने रुचि छ, त्यसरी नै लगाउने । अब आफ्नो अनुहारमा आएको फरक आफैं महसुस गर्न सकिन्छ आँखामा रङ लगाउने : रङ हरेक चीजमा वा श्रेणीमा महत्त्वपूर्ण हुन्छ । मेकअपमा त यसको भूमिका झन् महत्वपूर्ण हुन्छ । कालो आइलाइनरको माथि अन्य रङको लाइनर लगाउनु फेसन ट्रेन्ड हो । आफूले लगाएको पहिरनको रङसुहाउँदो लाइनर लगाएर आफूलाई फरक देखाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?