कस्तुरीको बिना सहित २ जना पक्राउ, ‘कनेक्सन’ खोतल्दै प्रहरी

appharu
0
Shares

कस्तुरीको बिना सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

दोलखा जिल्ला बिगु गाउँपालिका ४ घर भएका ३६ वर्षिय बाबू नेपाली र सोही गाउँपालिका वडा नम्बर ६ घर भई काठमाडौं मनमैजु बस्ने वर्ष ४६ का रमेश लामालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौर र अपराध महाशाखाको सयुक्त टोलीले काठमाडौँ जिल्ला वडा नम्बर १० मनमैजुबाट दुर्लभ बन्यजन्तु कस्तुरीको बिना जस्तो देखीने ४ पिस सहित पक्राउ गरेको हो । पक्राउ गरिएको वस्तु ७७.४५ मिलीग्राम छ । यसबारे अनुसन्धान भइरहेको महानरीय प्रहरी बृत सोर्हखुट्टेका प्रमुख सन्तोषसिंह राठौरले लोकपथलाई बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?