४ जेष्ठ २०७९, बुधबार

आज पाँचौँ राष्ट्रिय टोपी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

२०७४,पुष,१७,सोमवार ०५:१९

0
Shares

काठमाडौं, १७ पुस । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान ¥याली निकालेका छन् । माइतीघरबाट शुरु भएको ¥याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्क्स्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो ¥यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरिएको बताए । उनले नेपालीको पहिचान गुमिरहेकाबेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने विचार व्यक्त गरे विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ । पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत चार वर्षदेखि ¥याली नै निकालेर दिवस मनाउन थालिएको पौडेलले बताए यस्तै वसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा ढाकाटोपी लगाएर प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,१७,सोमवार ०५:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दम एक गम्भीर श्वासप्रश्वास रोग हो। यो रोगका कारण कतिपय अवस्थामा सास फेर्न गाह्रो हुन्छ । यदि समयमा

काठमाडौं । आयुर्वेददेखि चिकित्सा विज्ञानसम्म हरेक तहमा बिहान सबेरै उठ्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको बताइन्छ । हामीले बाँच्ने तरिका, के

काठमाडौं । तौल बढ्नु अहिलेको समयको सबैभन्दा गम्भीर स्वास्थ्य समस्या हो । अनुसन्धानका अनुसार अधिक तौल भएका व्यक्तिहरूमा हृदय रोग,

काठमाडौं । शरीरलाई राम्रोसँग काम गर्न दिनहुँ विभिन्न प्रकारका पोषक तत्वहरू चाहिन्छ। सामान्यतया, प्रोटिन, भिटामिन सी-डीजस्ता पोषक तत्वहरूको आवश्यकतालाई बुझेर

ताजा समाचार