मेरो सुरक्षाको मोबाइल बीमा सेवा अब विराटनगर, इटहरी र धरानमा

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान पूर्वका विराटनगर, इटहरी र धरानमा सेवा विस्तार भएको छ । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पूर्वी नेपालका तीन शहरमा पुगेको हो ।

यस अघि चितवन र वीरगञ्जबाट सेवा दिईरहेको मेरो सुरक्षाले पश्चिम नेपालका तीन शहर बुटवल, पोखरा र पाल्पामा शाखा बिस्तार गरेको थियो । पुर्वमा शाखा विस्तार भएसँगै सबै महानगरपालिका र तीन उप महानगरपालिकामा मेरो सुरक्षाको सेवा पुगेको कम्पनीले जनाएको छ ।

मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा वीरगञ्ज, चितवन, बुटवल, पोखरा र पाल्पामा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर सेवा बिस्तार गरिएको बताउनुभयो ।

साथै उहाँले आगामी भदौभित्र घोराही, धनगढी, नेपालगञ्ज, तुल्सीपुर, जनकपुर, हेटौँडा र तनहुँमा शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

सञ्चालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सेवा सुरु गरेको छोटो समयमा नै ७० हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लानमा आवद्ध भईसकेका छन् ।

जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउने छन् । साथै हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराइनेछ ।

कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् ।

मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको सात दिन भित्र मेरो सुरक्षाले नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

यो सेवा पाउनका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ ।

प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?