शाहो संगै प्रभासको विवाहको चर्चा

appharu
0
Shares

एजेन्सी । बाहुबली स्टार प्रभासको विवाहको विषय फेरी एकपटक चर्चामा आएको छ ।

प्रभासको नाम बाहुबली अभिनेत्री अनुश्का सेट्टीसँग जोडिने गरेपनि उनीहरु दुवैले यो कुरा स्वीकार गरेका छैनन् ।

तर अहिले प्रभासको चलचित्र शाहो प्रदर्शनपछि अमेरिकी प्रख्यात व्यापारीकी छोरीसँग विवाह गराउने पारिवारीक स्रोतले बताएको भनिएपनि त्यसको पुष्टि कसैले गरेको छैन । तर प्रभासको विवाहको हल्ला भईरहेको छ ।

प्रभासका काकाले प्रभासको विवाह यहि वर्ष हुने बताएपनि प्रभासले भने व्यक्तिगत जीवनको बारेमा सञ्चारमाध्यममा बोल्न नचाहेको प्रतिक्रिया दिनुभएको छ । प्रभासको चलचित्र शाहो अगस्ट ३० बाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?