निहारिकाको ‘४३ कथा’ संग्रह विमोचन

appharu
0
Shares

काठमाण्डौं । निलम कार्की निहारिकाको कथा संग्रह ‘४३ कथा’ को विमोचन गरिएको छ ।

शनिबार काठमाण्डौंमा कथा संग्रह विमोचन गर्दै डा. ध्रुबचन्द्र गौतमले आफूलाई धेरै लेखकले सरल कसरी लेख्ने भन्ने गरेको बताउँदै निलमका कथा सरल भाषाशैलीमा लेखिएको बताउनुभयो । उहाँले कथामा नयाँ प्रयोग र नयाँ स्वाद रहेको बताउनुभयो ।

सांग्रिला प्रकाशनले प्रकासित गरेको संग्रह विमोचन कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले सामान्य पाठकमा पनि कथाले संवेदना जागृत गर्ने सामाथ्र्य राखेको भन्दै कथामा उठाइएका हरेक विषयवस्तुले सोच्न बाध्य बनाएका बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?