जुवा हारेको झोकमा आफ्नै श्रीमतीमाथी सामुहिक बलात्कार !

काठमाडौं | भनिन्छ जीवनसाथीको हरेक दुख सुखमा साथ रहन्छ | एउटालाई दुख्दा अर्कालाई पनि पीडा हुन्छ | जीवनको लामो यात्रा जीवनसाथी बिना निकै नै कठिन हुन्छ |

तर सबै जीवन साथी दुख सुखमा नहुने रहेछन् | तपाईलाई अचम्म पनि लाग्ला आफनै जीवनसाथीले श्रीमतीलाई बलात्कारको लागि साथीहरुलाई सुम्पिए भन्दा | भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रक्सीले मातेका एक पुरुषले जुवा हारेपछि आफ्नै पत्नीलाई बलात्कारको लागि साथीहरुलाई सुम्पिएको घटना सार्वजनिक भएको छ ।

रक्सीले मातेका ती पुरुषले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’का लागि सुम्पिने बाचा गरेका थिए । जुवामा हारेपछि भने उनकी पत्नीमाथी साथीहरुले सामुहिक रुपमा बलात्कार गरेका हुन् । उत्तर प्रदेशको जउनपुर जिल्लाको यो घटना हालै सार्वजनिक भएको हो ।

घटनापछि ती महिला अदालत पुगेकी छिन् । जब कि, प्रहरीले कुनै कारवाही अघि बढाउन नचाहेको ती महिलाको आरोप छ । ती महिलाका अनुसार उनका पति जँड्याहा हुन् । पछिल्लो पटक उनले साथीहरुसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका हुन् । रिपोर्ट अनुसार महिलाको पतिका साथी अरुण र अनिल उनको घरमा रक्सी पिउन र जुवा खेल्न आएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?