प्रहरीद्वारा ४६ फरार अभियुक्त पक्राउ

मेलम्ची, १७ पुस । सिन्धुपाल्चोक जिल्लाबाट विभिन्न मुद्दामा फरार रहेका ४६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ सिन्धुपाल्चोक जिल्ला तथा विभिन्न जिल्लाका अदालतबाट सजाय फैसला सुनाइ फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो चालु आर्थिक वर्ष ०७४–०७५ शुरु भएदेखि हालसम्ममा ४६ जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए इलाका प्रहरी कार्यालय मेलम्चीले १८, इप्रका बाह्रबिसेले पाँच र इप्रका जलबिरे, नवलपुर तथा जिल्ला प्रहरी कार्यालय गरी जम्मा ४६ जना पक्राउ गरिएको पोखरेलले जानकारी दिए गत आव ०७३–०७४ मा जिल्लाभरिबाट जम्मा २५ जना फरार अभियुक्त पक्राउ गरिएको थियो । बहुविवाह मुद्दामा १६ वर्षदेखि फरार रहेका मेलम्ची नगरपालिका– १२ का गोकुल भट्टराईसहित चालु आवमा जिल्लाकै सबैभन्दा बढी १८ जना फरार अभियुक्त पक्राउ गरिएको छ अदातलबाट फैसला हुन बाँकी तथा विभिन्न अपराधमा संलग्न रहेका दर्जनौँलाई प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । नागरिकता, राहदानी तथा सरकारी छाप कीर्ते मुद्दामा १० वर्षदेखि फरार मेलम्चीका कुमार पाण्डे तथा नागरिकता मुद्दाका अर्का फरार अभियुक्त मेलम्चीका वाङदोर्जे लामालाई समेत मेलम्ची प्रहरीले पक्राउ गर्न सफल भएको छ मेलम्चीका स्थानीय शेरबहादुर माझीले प्रहरीको सक्रियताले फरार अभियुक्त पक्राउ पर्नुका साथै प्रहरीले जनतामा सुरक्षाको प्रत्याभूति दिलाउनसक्ने अवस्था सिर्जना भएको बताए सिन्धुपाल्चोकमा मानव बेचबिखन, बहुबिवाह, सवारी ज्यान, कीर्ते नागरिकता तथा सार्वजनिक अपराधका कार्यमा बढी संलग्नता हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?