३३ किलो सुन प्रकरण : सबै आरोपित दोषी नदेखिएको भन्दै सर्वोच्चको यस्तो निर्णय

काठमाडौ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको विषयमा सर्वोच्च अदालतले महावीरप्रसार गोल्यानबाहेक अन्यको हकमा उच्च अदालत विराटनगरको आदेशलाई सदर गरेको छ ।

शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ साथै अन्य आरोपित ३० जनालाई भने उच्च अदालत विराटनगरको आदेश नै सदर गरेको छ। सर्वोच्चको यो निर्णयसँगै

उच्च अदालतको आदेशले पुर्पक्षको लागि थुनामा रहेका गोल्यान धरौटीमा थुनामुक्त हुनेछन् भने डिएसपी सञ्जय राउत र एसएसपी श्यामबहादुर खत्री थुनामा जाने भएका छन्।

यसैगरी सरकारले अभियुक्त बनाएका प्रहरी अधिकारीहरु पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, , एसएसपी दिवेश लोहनी, एसपी विकास खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई तारेखमा छोड्ने उच्च अदालतको आदेश नै सदर भएको छ । त्यस्तै सुनकाण्डमा मुछिएका तुलाराम थारू, अमरमान डंगोल, रामकुमार तिवारी, , राजन थापा, हेमन्त गौतम, साम्बिरप्रसाद तेलाङ्गे, मदन सिलवाल, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, , मदनप्रसाद घिमिरे, राजकुमार दारूका, लाक्पा शेर्पा, राजेन्द्रकुमार शाक्य, विमल पोद्दार, सैयद अकबर साह, इम्तियाज उद्धिन, प्रभात अग्रवाल, पुण्यप्रसाद लामा, राजु महर्जन, छिरिङ घले, वीरेन्द्रमान श्रेष्ठ, भुजुङ गुरूङ,कपिलराज पुरीको हकमा पनि सर्वोच्च अदालतले उच्च अदालतकै निर्णय सदर गरेको छ ।

यस्तो थियो घटना

विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्र्याएको तस्करीको ३३ किलो सुन र यही सुनको कारण समन शाक्यको हत्या शंकास्पद भएको भन्दै यसबारे सरकारले अनुसन्धान गरेको थियो। यो विषयमा अनुसन्धान गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको थियो । समितिको अनुसन्धानमा विभिन्न समयमा ३८ व्किन्टल सुन भित्रिएको र पछिल्लो पटक आएको ३३ किलो सुन गाएब भएपछि समन शाक्यको हत्यासमेतको अवस्था आएको र यो अपराधमा प्रहरी अधिकारीको समेत संलग्नता रहेको भन्दै केही प्रहरी अधिकारीलाई समितिको सिफारिसको आधारमा निलम्बन गरि हिरासतमा राखिएको थियो ।

सरकारले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ बिगो दाबी सहित मोरङ जिल्ला अदालतमा सांगठनिक अपराध, सुन तस्करी र हत्या अभियोग लगाएर नेपाल प्रहरीका ७ अधिकारी सहित ६३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएसँगै केही उच्च अदालत भएका थिए । उच्च अदालतले केहीलाई छोड्न आदेश दियो भने केहीलाई थुनामा राख्न । त्यही विषयको फाइल अहिले सर्वोच्चसम्म आइपुग्यो । जसमा प्राय धेरै अभियुक्तहरु साधारण तारेखमा छुटेका छन् । जिल्ला अदालत मोरङमा विचाराधीन रहेको ३३ किलो सुन र सनम शाक्य हत्या सम्बन्धी मूल मुद्दा सर्वोच्चको आदेशसँगै अबअघि बढ्ने छ। ३३ किलो सुनकाण्ड र समन शाक्य हत्या प्रकरणमा अनुसन्धान समितिले केही निर्देष व्यक्तिलाई समेत मुछिदिएको आरोपनि बाहिर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?