३० श्रावण २०७९, सोमवार

एमाले प्रादेशिक संरचनामा, गाउँ, नगर तथा क्षेत्रीय कमिटी विघटन

२०७४,भाद्र,२६,सोमवार १०:१६

0
Shares

काठमाडौं,२६भदौ ।नेकपा एमालेले प्रादेशिक संरचनामा जाने निर्णय गरेको छ । यो निर्णय संगै हाल कायम रहेका गाउँ, नगर तथा क्षेत्रीय कमिटी विघटन भएका छन ।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले नयाँ संरचनाअनुसार संगठन निर्माण गर्ने निर्णय गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।निर्णअनुसार अब एमालेको १६५ सदस्यीय प्रतिनिधिसभा कमिटी बन्नेछ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक जना संयोजक रहने गरी १६५ सदस्य रहने कमिटी गठन हुने भट्टराईले बताए । भट्टराईका अनुसार हाल क्षेत्रीय कमिटीमा रहेकाहरु स्वतः प्रतिनिधिसभा समिति सदस्य बन्नेछन ।यस्तै ३३० सदस्यीय प्रदेश सभा कमिटी पनि बनाइने छ । जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी कमिटी बनाइनेछ भने हालको गाउँ तथा नगर समितिमा रहेकाहरु स्वतः यो कमिटीमा रहने बताइएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२६,सोमवार १०:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रतिनिधि सभामा फिर्ता गरेसँगै राजनीतिक वृत्तमा हलचल, मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिले नागरिकता

काठमाडौं । सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्डसहितको प्रतिवेदन शीर्ष तहमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयकमा राष्ट्रपतिको कदमबाट मधेसमा चिन्तित र निराशा बढाएको प्रतिक्रिया दिएको छ । अध्यक्ष

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ । भेटमा

ताजा समाचार

गेटाकाे विषयमा सरकार किन मौन ?
 २०७९,श्रावण,३०,सोमवार २१:४५
मापदण्ड तयार गर्दै सिट बाँडफाँट कार्यदल
 २०७९,श्रावण,३०,सोमवार २१:२९