अपहरहरणपछि तीन वर्षीय बालिकाको सामुहिक बलात्कार, आधा शरीर मात्रै फेला !

काठमाडौं । भारतमा तीन वर्षीय बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको छ ।

झारखण्डको टाटानगर रेलवे स्टेशनको एक प्लेटफर्ममा तीन वर्षीया बालिकाको अपहरण गरी दुई व्यक्तिले बलात्कारपछि टाउको काटेर हत्या गरेका छन् ।

प्रहरीले बालिका बेपत्ता भएको पाँचौं दिनमा मंगलबार राती ९ बजे एक बगानबाट टाउको काटिएको अवस्थामा बालिकाको नग्न शव भेटेको थियो ।

प्रहरीले घटनामा संलग्न दुई मुख्य आरोपीसहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रभात खबरका अनुसार जुलाई २६ मा टाटानगर स्टेशनबाट बालिकाको अपहरण गरिएको थियो । आमाको बयानमा अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

रेल प्रहरीले स्टेशनमा राखिएको सिसिटिभी फुटेजको आधारमा एक दिनअघि सोमबार राती रिंकू साहू, कैलाश कुमार नामका दुई व्यक्तिलाई पक्राउ गरेको हो । रेल प्रहरीले बालिकाको शवलाई पोष्टमार्टमका लागि एमजीएम पठायो ।

दुबै आरोपीले छुट्टाछुट्टै कहानी बताएर प्रहरीलाई झुक्काइरहेका थिए । तर पछि रिंकू र कैलाशले आफ्नो अपराध कबूल गरे । रिंकूले भनेको स्थानमा खोजी गर्दा बालिकाको शव भेटियो ।
यद्यपी बालिकाको टाउको भने भेटिएको छैन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?