चस्मा गाडिएर हैरान हुनुहुन्छ ? आयो जुम गरी हेर्न मिल्ने लेन्स

appharu
13
Shares
तस्वीर गूगल

एजेन्सी । मानिसले विभिन्न थरीका लेन्स प्रयोग गरेका हामीले देखेका छौँ । कलरवाला लेन्स पछिल्लो समय मानिसहरुको रोजाईमा पर्न थालेको छ । आँखा दृष्टि कम भएकाहरुले चस्मा वा लेन्स लगाएर पावर बढाउँछन् । तर चस्मा लगाउँदा आँखा गाडिने जस्ता समस्या हुन्छ । चस्माको प्रयोगबाट समस्या भएकाहरुको लागि एउटा नयाँ खबर छ । जुमवाला लेन्स बजारमा आएको छ । मोबाइल वा क्यामेरामा हुने क्यामेरा लेन्समा जुम हुने फिचर त सामान्य नै हो  । तर, आँखामा नै जुम हुने सुविधा युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरूले पत्ता लगाएर सुविधायुक्त लेन्स तयार पारेका छन्  ।

यो लेन्स आँखामा राख्न मिल्छ । यसको विशेषता के भने प्रयोगकर्ताले लगातार दुई पटक आँखा झिम्क्याउँदा यो लेन्स जुम हुन्छ ।

यो लेन्स आँखाको दृष्टि कमजोर भएका मानिसका साथै रिमोटद्वारा नियन्त्रण हुने रोबोटका लागि काम लाग्ने निर्माणकर्ताको विश्वास छ । मानव र मेसिनलाई नजिक्याउने अवधारणा निकै लोकप्रिय बन्दै छ ।

केही अघि मात्रै एलन मस्कको कम्पनी न्युरालिंकले दिमागसम्बन्धी रोग निदानका लागि उपयोगी हुन सक्ने नयाँ चिप सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?