रोनाल्डो नखेलेपछि आयोजकविरुद्ध मुद्दा

appharu
0
Shares
तस्वीर गूगल

एजेन्सी । कोरियामा गत साता भएको के लिग अल स्टार्सविरुद्धको मैत्रीपूर्ण खेलमा युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो मैदान नउत्रिएपछि दक्षिण कोरियाका प्रहरीले आयोजकमाथि अनुसन्धान सुरु गरेको छ ।

रोनाल्डोले खेल्ने भन्दै आयोजकले टिकट बेचेपनि रोनाल्डो शुक्रबार भएको मैत्रीपूर्ण खेलमा बेन्चमा रहेका थिए । रोनाल्डोले खेल्ने भएपछि उक्त खेलको ६० हजार टिकट बिक्रि भएको थियो ।

उक्त खेलमा रोनाल्डो कम्तिमा ४५ मिनेट खेल्ने बताईएको थियो । तर, युभेन्ट्सले रोनाल्डोलाई बेन्चमै सिमित राखेको थियो ।

रोनाल्डो नखेलेपछि समर्थकहरुले आयोजकविरुद्ध मुद्दा हालेको थियो । समर्थकहरुले आयोजकले मानसिक पीडा दिएको भन्दै मुद्दा दायर गरेका थिए ।

युभेन्ट्सका प्रशिक्षक मौरिसियो सारीले खुट्टाको मांसपेशी समस्याको कारण नखेलेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?