‘मिसन मंगल’ को पोस्टरमा तापसीको आपत्ति किन ?

appharu
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नुले चलचित्र ‘मिसन मंगल’ को पोस्टरप्रती आपत्ति जनाउनु भएको छ ।

अगस्ट १५ मा रिलिज हुने चलचित्रको पोस्टरमा अभिनेता अक्षय कुमारलाई बढी प्राथमिकता दिएको भन्दै तापसीले आपत्ति जनाउनु भएको हो ।

भारतीय सञ्चार माध्यमसंगको एक अन्तर्वार्तामा अभिनेत्री पन्नुले फिल्मका पाँच मूख्य अभिनेत्रीहरूको तुलनामा अभिनेता अक्षय कुमारका फ्यानहरू धेरै भएकाले फिल्म मेकरले उहाँलाई प्राथमिकता दिएको दाबी गर्नुभयो ।

‘अभिनेता अक्षय कुमार ‘मिसन मंगल’ मा देखिएका आफू सहित पाँच अभिनेत्रीहरू विद्या बालन, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी र नित्या मेननको तुलनामा फ्यानहरूमाझ चर्चित रहेको दावी गर्नुभयो ।

अन्तरिक्ष यात्राको कथामा आधारित ‘मिसन मंगल’ फिल्ममा अभिनेत्रीहरू विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी र नित्या मेननभन्दा बढी ख्याति पाएका अभिनेता अक्षय कुमारले दर्शकलाई हलसम्म आउन प्रोत्साहित गर्ने अनुमान गरिएको छ ।

‘मिसन मंगल’ फिल्मलाई अक्षयलाई एक वैज्ञानिकको भूमिकामा देखिइएको छ । फिल्मको निर्देशन जगन शक्तिले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?