कांग्रेसका सात युवा नेताको संयुुक्त विज्ञप्ति, तत्काल केन्द्रिय र महासमिति बैठक बोलाउन माग

काठमाडौँ,१६ पुस— नेपाली कांग्रेसका सात युवा नेताले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन माग गर्दै संयुुक्त विज्ञप्ति जारी गरेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजय र आगामी रणनीति तयको लागी तत्काल महासमिति र केन्द्रीय कार्यसमिति बैठक बोलाउन उनिहरुले माग गरेका हुन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरुराज घिमिरे र बद्री पाण्डे छन् विज्ञप्तिमा पार्टी नेतृत्वले रणनीतिक योजना र कार्यक्रम लैजान नसक्दा पार्टी कमजोर हुन पुगेको उल्लेख गर्दैै यसबारे गम्भिर समिक्षा हुन जरुरी रहेको उल्लेख गरेका छन् । बाम गठबन्धनपछि पार्टीले धेरै स्थानमा पराजय बेहोर्ने देखिदापनि तद्अनुुरुपको रणनीति अख्तियार गर्न नुसक्नुु नेतृत्वको असक्षमता भएको इंकित गरेका छन् । साथै विज्ञप्तिमा पार्टीको भातृ सस्थादेखी आवश्यक परिचालनमा समेत कमिकमजोरी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा नेतृत्वप्रति प्रश्न गर्दै भनिएको छ , “हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकेन, लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन ?”पार्टीभित्रको गुटगत साथै आग्रह, पूर्वाग्रह भावनाबाट माथी उठ्न आह्वान गर्दै विज्ञप्तिमा भनिएको छ ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्ने छौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि कांग्रेसमा नेतृत्व र गुुटगत रानीतिप्रति पार्टीभित्र र बाहिरबाट चौतर्फी आलोचना भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?