बिन लादेनका छोरा हम्जा मारिए

appharu
0
Shares
तस्वीर : BBC

एजेन्सी । आतङ्कवादी संगठन अल-कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल-कायदाको नेता भएको बताउँदै आएका थिए ।

अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेको जनाएको छ ।

तर ती अधिकारीहरुले हम्जाका बारेमा थप विवरण दिन अस्वीकार गरेका छन् ।

हम्जाको मृत्युका बारेमा अमेरिकी राष्ट्रपतिको कार्यालयमा पत्रकारहरुले सोधेको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीको समाचार सही वा गलत भन्ने बारेमा बताउन अस्वीकार गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो: यस बारेमा म अहिल्यै केही टिप्पणी गर्न चाहन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?