काबुलमा बम आक्रमण, दुई प्रहरी अधिकारीको मृत्यु

appharu
0
Shares
तस्वीर गूगल

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो ।

राजधानी काबुलको पञ्जसाद भन्ने स्थानमा रहेको एक प्रहरी चौकीलाई लक्ष्य गरेर राखिएको बम विस्फोट भएर त्यस चौकीमा कार्यरत दुई जना प्रहरी अधिकारी मारिएका छन ।

स्थानीय समयानुसार बिहीबार विहान ४ः३० बजे प्रहरी चौकीको बाहिरी इलाकामा राखिएको विस्फोट पदार्थ विस्फोटनमा परी सो हताहत भएको गृह मन्त्रलायका प्रवक्ता नसरात रहिमीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?