बाबुरामले अचानक अष्ट्रेलिया भ्रमण स्थगित गर्नुको रहस्य के होला ?

काठमाडौं, २६भदौ ।नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले अष्टे«लिया भ्रमण अचानक स्थगित गरेका छन । नयाँ शक्तिको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाजको निमन्त्रणामा अष्ट्रेलिया जान लागेका भट्टराईको स्वास्थ्य समस्याका कारण स्वास्थ्य भ्रमण स्थगित भएको बताइएको छ ।सेप्टेम्बर २१, २२, २३ का लागि तय गरिएको भ्रमण स्थगित गरेको अन्तराष्ट्रिय नेपाली समाज अष्टे«लियाले जनाएको छ । गोरखाको कार्यक्रममा जाने क्रममा स्वास्थ्यमा समस्या देखिएको जनाउँदै अन्तराष्ट्रिय नेपाली समाज अष्टे«लियाले डाक्टरको सल्लाह अनुसार लामो यात्रामा निस्कन नहुने भएकोले हाललाई भ्रमण स्थगित गरिएको अन्तराष्ट्रिय नेपाली समाज अष्टे«लियाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।अन्तराष्ट्रिय नेपाली समाज अष्टे«लियाका अध्यक्ष सुवान चौलागाइद्धारा जारी विज्ञप्तीमा भट्टराईका तय गरिएका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?