यस्तो अवस्थामा भेट्टायो प्रहरीले एक किलो सुन

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेका पेम्बा ढुण्डुप तामाङ रसुवाका रहेको जनाएको छ । उनले एक केजी सुनको पेटी बनाएर कम्बरमा बाँधेको अवस्थामा सुन फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

बा ९० प २७३६ नम्बरको मोटरसाइकलमा रसुवाबाट काठमाडौं आउँदै गरेको बेलामा पक्राउ गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?