पतासुकै कारण धनुष चर्चामा

appharu
0
Shares

एजेन्सी । अभिनेता धनुषको नयाँ फिल्म पतासु कै कारण अहिले चर्चा बढिरहेको छ ।

धनुषलाई पतासुको पोस्टरमा पहिलोपटक युवा सुपरस्टारको उपमा दिइएको छ । सोहि कारणले गर्दा धनुष अहिले ट्विटर र गुगलमा ट्रेन्डिङमा पुग्नुभएको हो ।

हिन्दी सिनेमाका फ्यानहरुले पनि धनुषको फिल्म राँझणामा गरेको अभिनयलाई लिएर प्रशंसा गरेका थिए ।

हिन्दी फिल्ममा धेरै काम नगरे पनि धनुषलाई कोलाबरी–कोलाबरी डी गाउने गायकको रुपमा धेरैले सम्झिने गर्दछन् ।

उक्त गीत धनुषको आफ्नै शब्द तथा स्वर हरेको थियो । अभिनेता धनुषको असली नाम बेंकटेश प्रभु हो ।

उहाँ सुपरस्टार रजनीकान्तका ज्वाइँ तथा तमिल फिल्ममा चर्चित निर्माता तथा निर्देशक कस्तुुरी राजाका छोरा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?