प्रिमियर इन्स्योरेन्सले आजदेखि खुला गर्यो एफपीओको बिक्री

काठमडौं, १६ पुस । प्रिमियर ईन्स्योरेन्सले आजदेखि साढे ६ लाख कित्ता थप गरि नयाँ साधारण सेयर (एफपीओ)को बिक्री खुला गरेको छ ईन्स्योरेन्स कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता बिक्रीमा ल्याएको हो त्यस्तै, इन्स्योरेन्स संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त कित्ता एफपीओ बिक्री गर्न लागेको हो कम्पनीको एफपीओमा आज पुस १६ गतेदेखि पुस १९ गतेसम्म आवेदन गर्न सकिनेछ लगानीकर्ताले न्यूनतम दश कित्ता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् इन्स्योरेन्सको एफपीओ निष्काशन कर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् यसैगरी, अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ हुनेछ । एफपीओ बिक्री भएपछी इन्स्योरेन्सको चुक्ता पूँजी ६ करोड ५९ लाख ५६ हजार रुपैयाँले बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?