सुनको मुल्य बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

मंगलबार प्रतितोलामा ६५ हजार २ सयमा कारोबार भएको छापावाल सुन बुधबार बढेर ६५ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ६५ हजार १०० मा कारोबार भएको छ । यस्तै बुधबार चाँदी ५ बढेर ७ सय ८० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?