१५ श्रावण २०७६, बुधबार १०:५७

हत्या गरेर फरार अभियुक्त १६ वर्षपछि पक्राउ


प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार १०:५७

काठमाडौं । पश्चिम नवलपरासीका प्रहरीले एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गर्न सफल भएका छन् ।

कुटपिट गरी ज्यान मारेर विसं २०६० देखि फरार रहेका जिल्लाको सरावल गाउँपालिका-२ मनरीका ५२ वर्षीय नाथु चमारलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

उनले सोही ठाउँ बस्ने ५५ वर्षीय रामलाल चमारलाई विसं २०६० भदौ १२ गते कुटपिट गरी हत्या गरेर फरार भएका थिए ।

पक्राउ परेका चमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो ।

Tags: ,

प्रतिक्रिया दिनुहोस