दुई अर्ब ३१ करोडको लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, १६ पुस । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ राष्ट्र बैंकले आफूसँग रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले २ अर्ब ३१ करोड ७६ लाख बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ आइतबार लगानी सम्बन्धी सूचना सार्वजनिक गर्दै केन्द्रिय बैंकले २०७४ माघ २ गते देखि २०७५ माघ१ गतेसम्म १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने बताएको छ निक्षेप लिन चाहाने क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र प्रस्तावित व्याजदरसहित यही पुष १९ गते दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिन सक्ने जनाएको छ त्यस्तै, क वर्गका बैंकहरुमा १ अर्ब ८५ करोड ४१ लाख, ख वर्गका बैंकहरुमा ३४ करोड ७६ लाख र ग वर्गका वित्तीय संस्थाहरुमा ११ करोड ५९ लाख रुपैयाँ राष्ट्र बैंकले निक्षेप जम्मा गर्नेछ राष्ट्र बैंकले रकम लिनका लागि आवेदन पेस गर्ने मापदण्ड समेत तोकेको छ तोकिएको मापदण्डमा यसो भनिएको छ, बैंक सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त राखेको छ त्यसैगरी, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तिय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनुपर्नेछ मापदण्ड तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?