बहुमत पाएका क्याटलान नेताद्वारा क्षेत्रीय सरकार पुनःस्थापित गर्न माग

बार्सिलोना, १६ पुस । स्पेनको क्याटालोनियाका नेता कार्लेस पुज्डमोन्टले आफ्नो नेतृत्वमा रहेको क्षेत्रीय सरकारलाई पुनःस्थापित गर्न केन्द्र सरकारसँग माग गरेका छन् गत अक्टोबरमा स्पेनबाट अलग भएको घोषणा गरेपछि स्पेन सरकारले क्षेत्रीय सरकारलाई विघटन गर्दै केन्द्रीय शासन लागु गरेको थियो यही २१ डिसेम्बरमा भएको मध्यवधि निर्वाचनमा पनि स्वतन्त्रताको पक्षमा रहेको पार्टीले झिनो अन्तरमा बहुमत हासिल गरेपछि उनको यस्तो भनाई बाहिर आएको हो केन्द्र सरकारले क्षेत्रीय सरकार विघटन गरेपछि उनी बेल्जियममा स्वेच्छिक निर्वासनमा रहेका छन् । उनले नयाँ वर्षको अवसरमा क्याटलान जनतालाई शुभकामना व्यक्त गरेका छन् यता स्पेनी प्रधानमन्त्री मारिआनो राजोयले भने निर्वासनबाट शासन गर्न सकिने पुज्डमोन्टको भनाई हास्यास्पद भएको टिप्पणी गरेका छन् स्पेनको सर्वोच्च अदालतले पुज्डमोन्ट तथा अन्य चार पूर्व क्षेत्रीय मन्त्रीहरुविरुद्ध जारी भएको पक्राउ पुर्जी डिसेम्बर पहिलो हप्ता फिर्ता लिएको थियो क्याटलोनियामा भएको एक जनमत संग्रहमा अलग हुने पक्षमा फैसला आएपछि अक्टोबरमा क्षेत्रीय संसदबाट नै अलग हुने घोषणा गरिएको थियो त्यसलगत्तै केन्द्र सरकारले सरकार र संसद भंग गर्दै २१ डिसेम्बरमा निर्वाचन गराउने घोषणा गरेको थियो । सो निर्वाचनमा पनि अलग हुन चाहने पृथकतावादी पार्टीहरु नै हाबी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?