४ जेष्ठ २०७९, बुधबार

अन्ततः चलचित्र पद्यमावतीले पायो सेन्सर बोर्डबाट अनुमति

२०७४,पुष,१६,आईतवार ०८:४६

0
Shares

एजेन्सी । भारतमा महिनौंदेखि चलेको विवादको वाबजुद आखिर चलचित्र पद्यमावतीले सेन्सर बोर्डबाट प्रर्दशनको लागि अनुमति पाएको छ चलचित्र पद्यमावतीको विषयलाई लिएर भारतमा महिनौंसम्म चलेको विवाद, विरोध प्रदर्शन, राजनीतिक टीकाटिप्पणी र प्रदर्शन गर्ने मितिको विषयपछि सरेपछि अन्ततः सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्यमावतीले सेन्सर बोर्डबाट अनुमति पाएको छ समाचार संस्था पीटीआइका अनुसार, सेन्सर बोर्डले चलचित्र पद्यमावतीको नाम परिवर्तन गरेर पद्यमावत राख्न सुझाव दिएको छ सेन्सर बोर्डले चलचित्रका केही दृश्यहरु हटाउन समेत आदेश दिएको छ । तर, सो चलचित्रसँग सम्बन्धित विवाद भने सकिएको छैन उक्त चलचित्रको विरोध गर्दै आएको करणी सेनाले सेन्सर बोर्डको आदेशपछि पनि खुशी देखिएको छैन करणी सेनाका संरक्षक लोकेन्द्र सिंह कावलीले भने, पद्यमावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएर मात्रै करणी सेनाले भावी कदम चाल्ने बताए ।६ जनामध्ये तीनजनाले सो चलचित्रमाथि रोक लगाउन सिफारिस गरेको आफूले जानकारी पाएको कावलीले बताए ।

प्रकाशित मिति: २०७४,पुष,१६,आईतवार ०८:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा

काठमाडौं । नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू

काठमाडौं । मलाइका अरोरा पछिल्लो समय निकै चर्चामा आएकी नायिका हुन् । यद्यपि, उनी व्यावसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना सो र व्यावसायिक जीवनसँग सम्बन्धित

ताजा समाचार