अनुष्काले ‘जीरो’ पछि ब्रेक लिनुको कारण यस्तो छ

appharu
0
Shares

एजेन्सी । अभिनेत्री अनुष्का शर्माले चलचित्र ‘जीरो’ पछिको मौनता तोड्नु भएको छ । अनुष्काको पछिल्लो फिल्म ‘जीरो’ले बक्स अफिसमा खासै राम्रो व्यापार गर्न सकेको थिएन ।

हालै अनुष्काले दिएको एक अन्तर्वार्तामा ‘जीरो रिलिजपछि केही महिना फुर्सदमा बस्ने चाहानालाई पूरा गरेको तर फिल्मबाट ब्रेक लिने कुरामा सत्यता नभएको बताउनुभयो ।

आफू एकपछि अर्को फिल्ममा काम गरिरहेका कारण समय मिलाउन गाह्रो भएको र त्यसैले फिल्मबाट केही समयका लागि ब्रेक लिएको जानकारी दिनुभयो ।

आफ्नो टिमसँग सल्लाह गरेर फिल्म क्षेत्रबाट केहि समयको लागि ब्रेक लिईएको उहाँको भनाई थियो । ब्रेक लिएको बताए पनि अब कुन फिल्ममा कहिलेबाट काम गर्नेबारे अनुष्काको मौनता अझै कायम रहेको छ ।

तस्विर : अनुष्काको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?