साँढेको अाक्रमणबाट १३ वर्षीय जानकीकाे मृत्यु

 

कपिलवस्तु, १६ पुस । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा  वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकी रहेकी छन् ।

साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएको छ । उनलार्इ उपचारका लागि भारतको लखनउ लगिएकाे छ आक्रमणबाट गौडहवामा पनि चार जना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ । स्थानीयवासी बृजेश यादवले एक हप्तादेखि साँढेले महाराजगञ्ज आसपासमा आतंक मच्चाएको जानकारी दिए साँढेले बाटामा हिँडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको छ । अहिलेसम्म १० भन्दा बढी स्थानीयवासी घाइते भएका छन् । नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?