हवाई यात्रुको संख्या १० प्रतिशत वृद्धि

काठमाडौं, १६ पुस । यस वर्ष नेपालमा बाह्य हवाई यात्रुको संख्या करिव १० प्रतिशत वृद्धि भएको छ नेपाल नागरिक उडड्यन प्राधिकरणले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा नेपालमा बाह्य हवाई यात्रुको संख्या ९ दशमलव ६३ प्रतिशतले वृद्धि भएको हो । प्राधिकरणका महानिर्देशक संजिव गौतमले कार्गो विमानतर्फ भने ६ दशमलव २४ प्रतिशतले गिरावट आएको जानकारी दिए प्राधिकरणको १९ औं वार्षिक उत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बाह्य आवागमन अन्तरगत नेपालमा पछिल्लो १० महिनामा ३१ लाख ११ हजार ५ सय ६३ जना यात्रु भित्रिएको तथ्यांक पनि सार्वजनिक गरे प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामलाई यस वर्ष उच्च प्राथमिकतामा राखिएको पनि स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?