जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । पाँचथरमा जङ्गली च्याउ खाएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन ७ गते जङ्गली च्याउ खाएकी पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

जङ्गली च्याउ खाएर बिरामी पर्नु भएकी उहाँको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।

सुनितासँगै जङ्गली च्याउ खाएर बिरामी परेकी उहाँकी सासू ७० वर्षीया सञ्चमाया चेम्जोङको झापाको विर्तामोडस्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वर्षायाममा उम्रिएको जङ्गली च्याउलाई तरकारीका रुपमा खाने पाँचथरमा प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?